ओलीले किन बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक? - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

ओलीले किन बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक?



प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आइतबार (१९ फागुन) विहानका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालले साढे ४ बजेका लागि आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिरहँदा प्रम ओलीले पनि मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका हुन्।

नेकपा केन्द्रीय कार्यालय (धुम्बाराही) को पछिल्तिर रहेको ह्याम्स अस्पतालमा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपाका बरिष्ठ बयोबृद्ध नेता भरतमोहन अधिकारी मृत्युसँग संघर्ष गरिरहेका छन्।

बरिष्ठ नेता अधिकारी बिगत १६ दिनदेखि सोही अस्पतालमा भेन्टिलेटरमा राखिएका छन्। र, उनकी जेठी छोरी लुना भारतबाट केहीबेर अघिमात्रै काठमाडौँ आइपुगेकी छन्।

उनको नाजुक स्वास्थ्य अवस्था र जेठी छोरीको आगमनसँगै सो अस्पतालले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरेको हो।

स्रोतका भनाईमा, बरिष्ठ नेता अधिकारीको नाजुक स्वास्थ्य अवस्थासँगै आयोजना गरिएको आकस्मिक पत्रकार सम्मेलन र आकस्मिक रुपमा आयोजना गरिएको मन्त्रिपरिषदको बैठकको एक अर्कासँग सम्बन्ध हुनसक्छ।