अक्षयकुमारको नयाँ गेटअपवाला तस्बिर सामाजिक सञ्जालमा भाइरल - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अक्षयकुमारको नयाँ गेटअपवाला तस्बिर सामाजिक सञ्जालमा भाइरल



‘हाउसफल ४’ को सुटिङ सेटबाटै बाहिरिएको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

हाउसफुल ४ को सुटिङ सेटबाटै अभिनेता अक्षयकुमारको नयाँ गेटअपवाला तस्बिर बाहिरिएको हो।

बलिउडका मिस्टर खेलाडीका रुपमा परिचित अक्षय यो फिल्ममा एक ऐतिहासिक योद्धाका रुपमा देखापर्दै छन्। अक्षयको भिन्न रुपको यो तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल बनेको हो।

फ्यान कल्बका तर्फबाट सार्वजनिक भएको उक्त तस्बिरमा अक्षय ताउ लगाएका जुँगाका साथमा कुनै ऐतिहासिक योद्धाको पोसाकमा देखिएका छन्। उक्त फोटोमा उनको कपाल पनि खौरिएको छ।

अहिले फिल्म टिमले राजस्थान आसपासमा रहेर फिल्को अन्तिम तालिकाको छायांकन गरिरहेको छ।

फिल्ममा अक्षयकुर, रितेश देशमुख। बबी देवल, कृति सेनन र कृति खरबन्दा प्रमुख भूमिकामा देखिँदैछन्।

त्यस्तै पहिला फिल्ममा आवद्ध अभिनेता नाना पाटेकर र निर्देशक साजिद खान फिल्मबाट आउट भएका छन्। पछिल्लो पटक यौन शोषणको आरोपमा परेका दुवै फिल्मबाट आउट भएका हुन्।