अक्षय सँग पुजा देखिने ‘सूर्यवंशी’ मा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अक्षय सँग पुजा देखिने ‘सूर्यवंशी’ मा



मुम्बई : बलिउड अभिनेता अक्षय कुमारले २०१९ मा ठूला फिल्मका साथ धमाका मच्चाउने भएका छन् । अक्षय एकपछि अर्को फिल्म साइन गरिरहेका छन् । अक्षय रोहित सेट्टीको आगामी फिल्म ‘सूर्यवंशी’ मा पनि देखिने भएका छन् । रोहितले आफ्नो फिल्म सिम्बाको अन्तिम दृश्यमा यो फिल्मको फस्ट लुक देखाएका छन् ।

यो फिल्मको चर्चा पछिल्ला केही दिनबाट भइरहेको छ । यो फिल्मबारे अर्को एक खबर पनि बाहिर आएको छ । यो फिल्ममा हिरोइनको रोल निकै छोटो छ । फिल्ममा महिलाको रोल १५ देखि २० मिनट मात्रै हुनेछ ।

रिपोर्टअनुसार अक्षय आफ्नो अपोजिटमा पूजा हेगडेलाई लिन चाहन्छन् । अक्षयले रोहितलाई यो रोलमा पूजा नै उपयुक्त हुने बताउँदै आएका छन् । अक्षय र पूजाको आगामी फिल्म हाउसफुल– ४ मा पनि देखिँदै छ । एजेन्सी