अक्षय कुमारकी श्रीमती ट्विंकल खन्नाको विवाहअघि दुईपटक इन्गेजमेन्ट ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अक्षय कुमारकी श्रीमती ट्विंकल खन्नाको विवाहअघि दुईपटक इन्गेजमेन्ट !



मुम्बई । बलिउडका दुई सुपरस्टार राजेश खन्ना–डिम्पल कपाडियाकी छोरी एवं अक्षय कुमारकी श्रीमती ट्विंकल खन्नाको डिसेम्बर २९ तारिखमा जन्मदिन हो ।

ट्विंकल खन्ना नायिका हुनुका साथै लेखिका र स्तम्भकार हुन् । उनको जन्मदिनको मौकामा उनीसँग सम्बन्धित केही रोचक कुराबारे जानकारी लिऔं ।

ट्विंकल खन्ना आफ्ना बुवा राजेश खन्नासँग निकै नजिक थिइन् । रोचक कुरा के छ भने उनको पिताको जन्मदिन पनि डिसेम्बर २९ तारिखमै पर्छ । ट्विंकलले सोसल मिडियामा एउटा पोस्ट पनि गरिन् जसमा लेखिएको थियो, ‘बुवाको जन्मदिनमा ट्रकभरी फूल र फ्यान आउँथे, मलाई लाग्थ्यो कि यो सब मेरो जन्मदिनका लागि भइरहेको छ । ’

निकै कमलाई थाहा होला कि ट्विंकल खन्नाको आँखालाई क्रस आई (डेढो) थियो । सन् १९९५ मा रिलिज भएका केही फिल्ममा उनको आँखामा यस्तो समस्या स्पष्ट देखिन्थ्यो तर केही फिल्म सफल भएपछि उनले यसको उपचार शल्यक्रियामार्फत गराइन् ।

करण जोहर ट्विंकल खन्नाका निकै राम्रा साथी हुन् । फिल्म कुछ कुछ होता है मा टिनाको भूमिका सुरुमा ट्विंकल खन्नालाई अफर गरिएको थियो । करणले यो भूमिका ट्विंकललाई नै दिमागमा राखेर लेखेका थिए तर उनले अस्विकार गरेपछि यो रोल रानी मुखर्जीलाई दिइयो ।

ट्विंकलले बताए अनुसार जब अक्षय उनकी आमा डिम्पलसँग ट्विंकलको हात माग्न गएका थिए तब उनी सोचमग्न भएकी थिइन् किनभने ट्विंकलका कुनै साथीले बताएका थिए कि अक्षय कुमार समलिङ्गी हुन् ।

ट्विंकल खन्नाले सन् २००१ मा अक्षय कुमारसँग विवाह गरेकी थिइन् । तर के तपाईंलाई थाहा छ, ट्विंकलको विवाहअघि दुईपटक इन्गेजमेन्ट भएको थियो ? रिपोर्टलाई मान्ने हो भने ट्विंकलले आफ्नो जीवनमा दुई पटक इन्गेजमेन्ट गरिन् तर एकै व्यक्तिसँग र ती हुन् अक्षय कुमार । आखिर किन ?

पहिलो पटक अक्षयसँग इन्गेजमेन्ट भएपछि दुबैको ब्रेकअप भएको थियो जसका कारण इन्गेजमेन्ट टुटेको थियो । दुबैको पुनः कुरा मिलेपछि विवाह अघि दुबैले एकपटक इन्गेजमेन्ट गरे । एजेन्सी