आकाशगंगालाई आउट स्टाण्डिङ्ग एवार्ड - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

आकाशगंगालाई आउट स्टाण्डिङ्ग एवार्ड



बुटवल, ८ फागुन । बुटवल कालिकानगरमा रहेको आकाशगंगा अटोमोटिभ्स प्रालि आउट स्टाण्डिङ्ग प्रफमेन्श पाट््स टर्नओभर साग २०१७ एवार्डले सम्मानित भएको छ । हालै थाईल्याण्डमा सम्पन्न एक कार्यक्रममा साउथ एशिया भरीमै सबैभन्दाबढी डजफार ट्याक्ट्सका पाट्स विक्रि गरेको भन्दै आकाशगंगाले आउट स्टाण्डिङ्ग प्रफमेन्श टर्नओभर एवार्ड हात पारेको हो । लुम्बिनी क्षेत्रमा डसफार ट्याक्टरको आधिकारीक विक्रेता आकाशगंगाले साउथ एशियामा सबैभन्दाबढी पाट्सहरु विक्रि गरेको भन्दै आकाशगंगाका अध्यक्ष हिराबहादुर खत्रीलाई एवार्डले थाईल्याण्डमा सम्मान गरिएको हो ।

थाईल्याण्डमा सम्पन्न जर्मन ट्याक्टर निर्माता कम्पनी एसडिएफको सम्मेलनमा ट्याक्टर कम्पनीका कार्यकारी निर्देशक मार्सेलो पर्सोनेनीले अध्यक्ष खत्रीलाई एवार्ड प्रदान गर्नु भएको थियो । किसानका लागि उपयुक्त, तेल कम खाने, किफायती, सुलभ र सहज मेन्टेनेन्स सुविधा रहेको ट्याक्टर डसफारका पाट्सहरु सन् २०१७ मा अत्याधिक विक्रि गरेको भन्दै बुटवल कालिकानगरमा रहेको आकाशगंगालाई थाईल्याण्डमा सम्मान गरिएको हो । आकाशगंगाले बुटवलबाट डसफारका पाट्सहरुसँगै ट्याक्टरहरु समेत विक्रि वितरण गर्दै आएको कार्यकारी निर्देशक दिपक अधिकारीले जानकारी दिनुभयो ।