नायिकाका गोप्य तस्बिरहरू सामाजिक सञ्जालमा आएपछि.... - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

नायिकाका गोप्य तस्बिरहरू सामाजिक सञ्जालमा आएपछि….



मुम्बई । अभिनेता कमल हसनकी छोरी अक्षरा हसनले आफ्नो निजी तस्विर लिक भएपछि मुम्बाई प्रहरीको साइबर सेलसँग सहयोग मागेकी छिन् ।

शुरुमा धेरैले तस्विरहरू मोर्फ्ड भएको आशंका गरेका थिए । अक्षरा आफैले ट्वीट गर्दै तस्विरका कारण आफू स्तब्ध भएको बताएकी छिन् ।

‘हालै मेरा केही निजी तस्विर इन्टरनेटमा लिक भएका छन् । यो कसले गर्यो मलाई थाहा छैन’, उनले भनेकी छिन्, ‘यो निकै दुर्भाग्यपूर्ण छ । कुनै युवतीलाई यसरी शिकार बनाएर एक विकृत मनलाई मात्र खुसी मिल्छ होला ।’

‘जब कसैले हेडलाइनसहित यसलाई सेयर गर्छ, मेरो घाउ झनै गहिरो हुन्छ । यसले मेरो थप ह्यारासमेन्ट हुन्छ र म आफूलाई झनै असाहय महसुस गर्छु’, अक्षराले भनेकी छिन्, ‘देशमा मिटु अभियान चलिरहेको बेला यो हुनु झनै दुःख दिने हर्कत हो । यस्तो बेला पनि केही व्यक्ति एक युवतीको निजी तस्विरलाई भाइरल बनाएर आफ्नो आँखा सेक्न चाहन्छन् । कसैको निजी तस्विर लिक गरेर विकृत मानिसहरुलाई मात्र आनन्द मिल्छ होला ।’

सन् २०१७ मा बौद्ध धर्ममा आफ्नो रुची जाहेर गरेको रुचीको कारण चर्चामा थिइन् । सामाजिक सञ्जालमा उनको ट्रोल गरिँदा पिता कमल हसन उनको साथमा उभिएका थिए ।

२७ वर्षकी अक्षराले सन् २०१५ मा सुपरस्टार अमिताभ बच्चनसँग षमिताभ चलचित्रबाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनी नसीरुद्दीन शाहको छोरा विवान शाहसँग लालीकी शादीमे लड्डु दीवानामा पनि देखिएकी थिइन् ।

सुपरस्टार अजीत कुमार स्टारर तामिल चलचित्र विवेगममा पनि उनले विशेष भूमिका निभाएकी थिइन् । हाल उनी पिताको चलचित्रमा एसिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरिरहेकी छिन् । एजेन्सी