भारतीय क्रिकेट टिमका पूर्व कप्तान, टेस्ट क्रिकेटर तथा प्रशिक्षक अजीत वाडेकरको निधन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भारतीय क्रिकेट टिमका पूर्व कप्तान, टेस्ट क्रिकेटर तथा प्रशिक्षक अजीत वाडेकरको निधन



भारतीय क्रिकेट टिमका पूर्व कप्तान, टेस्ट क्रिकेटर तथा प्रशिक्षक अजीत वाडेकरको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा मुम्बईमा रहेको जसलोक अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको हो । वाडेकर लामो समयदेखि बिमारी थिए ।

वाडेकरले सन् १९६६ मा वेष्ट इन्डिज विरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले कुल ३७ टेस्ट क्रिकेटमा २००० भन्दा धेरै रन बनाए ।

भारतीय टिमले इंग्ल्याण्डलाई उसकै मैदानमा पहिलोपटक सन् १९७१ मा हराएको थियो । वाडेकर त्यो बेला टिमका कप्तान थिए ।

भारतीय क्रिकेट टिमका वर्तमान प्रशिक्षक तथा पूर्व क्रिकेटर रवि शास्त्रीले वाडेकरको निधनमा शोक व्यक्ति गरेका छन् । वाडेकरको निधन भारतीय क्रिकेटका लागि दुःखद रहेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि वाडेकरको निधनमा शोक व्यक्त गरेका छन् ।