अबैधानिक कामदारलाई आजदेखि पक्राउ गर्दै ! - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

अबैधानिक कामदारलाई आजदेखि पक्राउ गर्दै !



मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका कामदारलाई आजदेखि पक्राउ गर्ने भएको छ।

वैधानिक हुन वा घर फर्किन दिएको समय शनिबार सकिएपछि मलेसिया सरकारले आइतबारदेखि उनीहरुलाई पक्राउ गर्न अभियान नै चलाउन लागेको हो। मलेसियामा हाल एक लाख भन्दा धेरै नेपाली कार्यरत छन्।

त्यसमध्ये केही विगत लामो समयदेखि मलेसियामा अवैधानिक रुपमा बसिरहेका छन्।

वैधानिक हुन र घर फर्किने योजनामा सामेल नहुने कामदारसहित उनीहरुका रोजगारदातालाई पनि कारवाही गरिने मलेसिया सरकारले जनाएको छ।

कामदार दोषी पाइएमा उनीहरुलाई ५० हजार रिंगिट जरिवार र ५ वर्षसम्मको जेल वा दुवै सजाय हुन सक्ने मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

मलेसियाले अबैद्य रुपमा बसिरहेका कामदारलाई आगामी अगस्टसम्ममा फर्किसक्न समय तोकेको थियो।

नेपाली दूतावासले पनि गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका नेपालीलाई यही समयभित्र स्वदेश फर्कन आग्रह गरेको छ।

सरकारले नयाँ श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने निर्णय गरिसकेको छ।

श्रम, रोजगार र सामजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारसँग मलेसिया सरकारले हाल अवैध र एकपक्षीय रुपमा उठाइँदै आएको शुल्क खारेज नगरेसम्मका मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोकेको हो।