आज बुधबार सार्वजनिक बिदा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

आज बुधबार सार्वजनिक बिदा



काठमाडौं । प्रदेश नम्बर २ सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमीको अवसरमा प्रदेश सरकारले मंगलबार र बुधबार दुई दिन सार्वजनिक बिदा दिएको हो ।

जनकपुरमा चलिरहेको विवाह पञ्चमी महोत्सव पारेर सार्वजनिक बिदा दिइएको हो । विवाहपञ्चमी महोत्सवमा लाखौँ श्रद्धालु भक्तजनको सहभागिता हुने अनुमान गर्दै उपमहानगरपालिकाले श्रद्धालुभक्तजनको लागि बासस्थलको रुपमा विद्यालय उपलब्ध गराइदिन पनि आग्रह गरेको छ ।

विद्यालयलाई आवश्यकताअनुसार आगन्तुक श्रद्धालु भक्तजनलाई बास उपलब्ध गराई विद्यालयको भवन प्रयोग गर्न दिन आग्रह गरिएको छ ।