ऐश्वर्या अचानक अस्पताल भर्ना - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ऐश्वर्या अचानक अस्पताल भर्ना



एजेन्सी । बलिउड अभिनेत्री अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ । उनलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो ।

४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् ।

उनका पति अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै कोभिड १९ को उपचार भइरहेको छ ।

गत साता अभिनेता बाबुछोरालाई कोरोनाभाइरस संक्रमण भएको थियो । त्यसको भोलिपल्टै ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।