न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको बिमानमा बम राखेको खबर - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको बिमानमा बम राखेको खबर



एजेन्सी – उडिरहेको एयर इन्डियाको बिमानमा बम राखेको खबर आएपछी आकस्मिक अवतरण गराइएको खबर प्राप्त भएको छ ।

मुम्बईबाट न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको बिमानमा बम राखेको खबर आएपछि आकस्मिक रुपमा लण्डन अवतरण गराइएको छ।

मुम्बईबाट न्यूयोर्क उडिरहेको एआई १९१ मा बम राखेको सूचना आएपछि बिहीबार यसलाई आकस्मिक रुपमा लण्डनको स्टैनस्टेड विमानस्थलमा अवतरण गराइएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

त्यसपछि लण्डनमा बिमानको सुरक्षाजाँच चलिरहेको छ।