जेट एयर जस्तै एयर इन्डिया पनि सङ्कटमा : डुब्ने खतरा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

जेट एयर जस्तै एयर इन्डिया पनि सङ्कटमा : डुब्ने खतरा



एजेन्सी – एयर इन्डियाको आर्थिक जटिलता बढ्दै गएको छ । अघिल्लो वर्षको अक्टोबर महिनादेखि कम्पनीले कर्मचारीलाई पूरा तलब दिन सकेको छैन ।

यो जानकारी दुई सरकारी अधिकारीले दिएका हुन् । एक अधिकारीले नाम नबताउने शर्तमा भने, ‘सरकारले एयर इन्डियालाई सात हजार करोड भारुमा सोभरेन ग्यारेन्टी दिएको थियो र कम्पनीसँग २५ सय करोड भारु बाकी छ । यसको उपयोग कम्पनीले छिट्टै गर्नेछ ।’

अर्का अधिकारीले तेल कम्पनीहरू, विमानस्थल सञ्चालक र अन्य भेन्डरहरूको बाँकीबक्यौता चुकाउँदा र केही महिनाको तलब दिँदा यो रकम खर्च हुने बताए । एयर इन्डिया हरेक महिना तलबमा ३०० करोड भारु खर्च गर्छ र महिनौंदेखि उसले तलब भुक्तानी ढिलो गरी गरिरहेको छ ।

एयर इन्डियाबाहेक अर्को सरकारी कम्पनी बीएसएनएल लिमिटेडले पनि तलब खुवाउन सकेको छैन ।

यसबीच एयर इन्डियाले यस आर्थिक वर्षबाट ९ हजार करोड भारुको कर्जा भुक्तानी शुरू गर्नुपर्नेछ तर उसको भुक्तानी गर्न सक्ने उसको हैसियत छैन । कम्पनीले सरकारलाई सहायताको माग गरेको भए पनि स्वीकार गरिने सम्भावना कम छ । सरकारले यस कम्पनीमा शतप्रतिशत साझेदारी निजी लगानीकर्तालाई बेच्ने योजना बनाएको छ ।