१ सय ८४ यात्रु लिएर ग्वाङझाउका लागि उड्यो एयर चाइनाको विमान

काठमाडौँ– नेपालमा रहेका चिनियाँ नागरिकलाई लिएर एयर चाइनाको विमान उडेको छ। एयर चाइनाको विमान बिहीबार दिउँसो चिनियाँ नागरिकलाई लिएर उडेको हो।
उडान भर्ने क्रममा धावन मार्गको लम्बाई नपुग्दा केहीबेर समस्या भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।
उडान भर्ने क्रममा विमान मोड्ने क्रममा जहाज धावन मार्गको लम्बाई नपुगेकाले समस्या भएको थियो । उनका अनुसार विमानस्थलको ३०० मिटर धावन मार्ग बिस्तारको काम भइरहेकाले घुम्ने स्थान पर्याप्त नभएको जानकारी पहिले नै दिइएको थियो ।
घुम्न नसकेको विमानलाई गाडीको सहायतामा सिधा बनाएपछि विमान उडेको उनले जानकारी दिएका छन् ।
एयरबस ३३०–२४२ मोडलको वाइडबडी विमानबाट २ नाबालकसहित १६२ जना चिनियाँ स्वदेश फर्किएका हुन् ।
लकडाउनका कारण नेपालमा अड्किएका चिनियाँ नागरिक लिन बिहीबार नै चीनबाट दुईवटा जहाज आएका छन् । चाइना साउदर्नको अर्को विमान १ सय ८४ जना यात्रु लिएर ग्वाङझाउका लागि उड्ने तयारीमा छ ।

