'मात्र सर्वोच्चको आश छ' भन्दै विवेकशीलले देखाए ऐना - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

‘मात्र सर्वोच्चको आश छ’ भन्दै विवेकशीलले देखाए ऐना



काठमाडौं- प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विवेकशील पार्टीले माइतीघर मण्डलामा ऐना देखाएर प्रदर्शन गरेको छ ।

नेताहरुको व्यक्तिवादी चिन्तन, व्यक्तिगत र गुटगत स्वार्थ निर्देशित व्यवहारले समाजलाई गलत दिशामा लगेको भन्दै विवेकशीलले प्रदर्शन गरेको हो ।

प्रदर्शन गर्दै प्रधानमन्त्रीको अधिनायकवादी कदमको प्रतिवाद जारी राख्ने विवेकशील पार्टीका नेता शशिबिक्रम कार्कीले बताए ।

प्रदर्शनमा सहभागीले ‘Reflect गरौ !! नागरिकले/समाजले/दलले/सरकारले’ ‘मनन गरौ !! हाम्रो अवस्था, लक्ष्य, आवस्यकता’ असंवैधानिक संसद विघटन खारेज गर, यो समय भ्याक्सिनको हो, ‘कू’ मतिमा नलाग्नुहोस प्रमज्यू, अमर रहोस लोकतन्त्र अन्त्य होस् लूटतन्त्र, नागरिकको साथ छ मात्र सर्वोच्चको आश छ, लगायत लेखेका प्ले कार्ड बोकेका थिए।