दुई एआईजी फेरिए, अनुसन्धान रित्तै
काठमाडौँ -मन्त्रीपरिषद्ले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को फेरबदल गरेको छ ।
हिजो बेलुकी बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी तालिम केन्द्र महाराजगन्जका प्रमुख धीरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद् र अपराध अनुसन्धान विभागका प्रमुख पुस्कर कार्कीलाई तालिम केन्द्रमा काज सरूवा गरेको हो ।
गृहमन्त्रालयले एआईजी काज सरूवाका लागि मन्त्रीपरिषद्मा यसअघि नै प्रस्ताव लिएको थियो । सोही प्रस्तावको आधारमा मन्त्रीपरिषद्को सोमबारको बैठकले काज सरूवा गरेको हो ।
कार्की यसअघि समेत तालिम केन्द्रको प्रमुख भइसकेका थिए ।