तीन डीआइजीलाई आईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

तीन डीआइजीलाई आईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय



बुधबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ।

बसन्त पन्त, रविन्द्र धानुक धीरजप्रताप सिंहलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको हो। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ गते डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। लोकसेवा आयोगले सिफारिस सदर गरेसँगै ३ जना डीआईजीलाई एआईजी बढुवा गर्न सरकारलाई बाटो खुलेको थियो।

तर, उक्त सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो। बढुवा भएकामध्ये धीरजप्रताप सिंह र रवीन्द्र धानुक आफूहरुभन्दा जुनियर भएको भन्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची ईश्वरबाबु कार्की, घनश्याम अर्यालले बढुवा उपर उजुरी सुन्ने समिति (लोकसेवा आयोग)मा उजुरी दिएका थिए।

उजुरी परेसँगै छानवीन समिति गठन गरेको थियो। उक्त समितिले छानविनपछि बढुवाको लागि सिफारिस गरेको थियो। बुढावा सिफारिस भएसँगै तीनमध्ये एक जना प्रहरी महानिरीक्षक बन्ने बाटो खुलेको छ।