जेल भित्रैबाट प्रकाण्डले भने 'अहिलेको सरकार प्रतिकृयावादी हो' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जेल भित्रैबाट प्रकाण्डले भने ‘अहिलेको सरकार प्रतिकृयावादी हो’



काठमाडाै। नेत्र बिक्रम चन्द “बिप्लव” नेतृत्वको नेकपाका प्रवक्ता विप्लवले सरकारको व्यवहार देखेर घीन लागेको बताएका छन । हिरासतको क्रममा राजधानीको कुनै प्रहरी कस्टडीमा भेटिएका नेता प्रकाण्ड्ले कुरा गर्दै सरकारले आफुमाथी गरेको व्यवहार अपेक्षित रहेको प्रतिकृया दिए । “हाम्रा लागि अहिलेको सरकार पनि प्रतिकृयावादी हो ।” प्रकाण्डले भने, “त्यसैले अहिले सरकारले गरेको दमन देखेर अचम्म मार्नु पर्ने केही छैन, बरु क्रान्तिका कुरा गर्नेहरुको व्यवहार देखेर घीन लाग्छ ।”

कुनै बेला सँगै युद्द लडेका सहयोद्दा अहिले गृहमन्त्री हुँदा पनि यस्तो दमन भयो भन्ने सोचेर तपाईलाई दुख लाग्दैन भन्ने प्रश्नमा प्रकाण्डले त्यस्तो नसोच्ने बताए । “हिजो पो एउटै उद्देश्य र लक्ष्य लागि युद्दमा होमिएका थियौं । आज उनीहरुका लागि संसदीय व्यवस्था मुख्य छ, हामी क्रान्तिकै पक्षमा छौ । उनीहरु आफुले नेतृत्व गरेको सत्ताको चरित्र देखाइरहेका छ्न । के अचम्म मान्नु । बरु लाज र घीन लाग्छ ।” प्रकाण्डले भने ।

गृहमन्त्रीलाई मात्रै आलोचना गर्नु भन्दा नेकपाको नेतृत्व नै क्रान्तिविरोधी भएको उनले आरोप लगाए । प्रधानमन्त्रीले प्रचण्डलार्इ देखाउने, प्रचण्डले गृहमन्त्रीलाई देखाउने, गृहमन्त्रीले प्रधानमन्त्री देखाउने नाटक चलेको टिप्पणी गर्दै प्रकाण्डले पार्टीमाथि गरिएको दमन गलत भएको जिकिर गरे । “कि हामी देशद्रोही हो भन्ने सरकारले प्रमाणित गर्नुपर्यो ।” उनले भने, “नत्र हामी उनीहरु गलत भएको प्रमाणित गर्छौ, को क्रान्न्तिकारी र को गैर क्रान्तिकारी हो भन्ने कुरा ओतिहासले फैसला गर्नेछ । तर, अहिले को दमन कुनै पनि कोणबाट प्रमाणित हुन सक्दैन ।”

विप्लप नेतृत्वको पार्टीले नेपालमा जनवादी क्रान्तिको नेतृत्व गर्न खोजेको दाबी गर्दै प्रकाण्डले पार्टीभित्र कुनै बिबाद नभएको पनि जिकिर गरे । हेमन्त प्रकाश ओली पार्टीमा आएपछि विवाद बढेको चर्चा गलत भएको उनले बताए । प्रकाण्डले हालै मात्र पार्टी निकट पत्रकारहरुलाई कार्वाही गरेको बिशयमा भने टिप्पणी गर्न चाहेनन । “म भित्रै छु, मैले नि सुनेको छु, केही प्रतिकृया दिन सक्दिन ।” उनले भने ।एभरेस्टदैनिक