आइओएमको डिनमा डा. जगदीश अग्रवाल नियुक्त - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

आइओएमको डिनमा डा. जगदीश अग्रवाल नियुक्त



काठमाडौं, मंसिर १८ । त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डिनमा डा. जगदीश अग्रवाललाई नियुक्त गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले अग्रवाललाई डिन नियुक्त गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

डा. गोविन्द केसीको माग बमोजिम त्रिविले शनिबारदेखि लागू हुने गरी अग्रवालाई डिन नियुक्त गरेको हो। वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन संवेदनशील बन्दै गएपछि सरकारले उनको माग सम्बोधनका लागि डिन नियुक्त गरेको हो ।
डा. केसीले वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने माग राखेका थिए।

शुक्रबार डा. केसीको अनसन तोडाउन सरकारी वार्ता पक्षले राखेको प्रस्तावमा भनेका थिए –‘सबभन्दा पहिला रिक्त डिनमा तुरुन्तै पदपूर्ति हुनुपर्यो, वरिष्ठ मध्येबाट डिन नियुक्त गर्नुपर्छ, आइओएम डिनजस्तो पद एक दिन पनि रिक्त राख्दा त्यसैबाट चलखेल हुनसक्छ ‘एक दिन पनि यो पद रिक्त राखेर म अनसन तोड्दिनँ,’।