प्रारम्भिक अग्रता: कांग्रेस ३९, एमाले २१ र माओवादी १७ - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

प्रारम्भिक अग्रता: कांग्रेस ३९, एमाले २१ र माओवादी १७



स्थानीय चुनावको मतगणनामा अग्रता लिने कांग्रेस अघि देखिएको छ । गणना सुरु भएकामध्ये कांग्रेसले ३९ र एमालेले २१ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले १७ तहमा अग्रता लिएको छ । एकीकृत समाजवादी जसपा र राप्रपाले २-२ स्थानीय तहमा अग्रता लिएका छन् ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकाका मतदान सुरु हुनै बाँकी छ । काठमाडौं महानगरको मतगणना भने बिहान ८ बजेदेखि सुरु हुँदैछ । त्यस्तै ललितपुर महानगरको मतगणना ९ बजेदेखि सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । वीरगञ्ज महानगरको मतगणना बिहान ११ बजेदेखि गर्ने तयारी छ ।

विराटनगर, भरतपुर र पोखरामा पनि मतगणना सुरु हुन सकेको छैन । जनकपुर, जितपुर-सिमरा र बुटवल उपमहानगरमा मतगणना भने सुरु भइसकेको छ । प्रारम्भिक परिणाम अनुसार कांग्रेसको अग्रता छ । इटहरी, धरान र कलैयामा ७ बजे सर्वदलीय बैठक बस्ने तयारी छ ।

घोराही र नेपालगञ्जमा ८ बजेदेखि मतगणना सुरु हुने तयारी छ । तुलसीपुर उपमहानगरको एक वडामा ३ गते मतदान हुने भएकाले मतगणना पनि त्यसपछि मात्र हुनेछ । धनगढी र हेटौँडा उपमहानगरपालिका केहीबेरपछि मतगणना सुरु गर्ने तयारी छ ।