शरीरमा आगो लगाएर युवतीले गरिन आत्महत्या - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

शरीरमा आगो लगाएर युवतीले गरिन आत्महत्या



राजविराज : कञ्चनरुप नगरपालिका–२ बरमझियाकी युवतीले आइतबार शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन्।

घरभित्र आइतबार बिहान १८ वर्र्षीया रोशनी राउतले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएकी हुन्।

मृतकका भाइ आनन्द राउतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टले दिएको जानकारी अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो।

घटना हुँदा उनका सासु, ससुरा, आमा, भाइ, दिदीको छोरा घरमा थिए। उनका श्रीमान सुनिल राउत भने विराटनगर–जनकपुर चल्ने बसमा सहचालकको रुपमा काम गर्छन्।

भारत बिहार सुपौल माइत भएकी राउतको सामाजिक परम्पराअनुसार ६ महिनाअघि सुनिलसँग विवाह भएको थियो।