अघिल्लो सरकारले गरेका निर्णय खारेज गर्छौँ :पण्डित
काठमाडाै । अघिल्लो सरकारले सत्ताबाट हट्ने निश्चित भइसकेपछि धेरै निर्णय गरेको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बताएका छन् ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- गलत वा प्रक्रियागत रूपमा ठीक नभएका निर्णहरू खारेज हुन्छन् । सबभन्दा पहिला अघिल्लो सरकारले गरेका निर्णयहरू अध्ययन गछौँ ।
प्रक्रियासम्मत नभएका निर्णयहरू खारेज गर्नुको विकल्प छैन । प्रक्रियागत रूपमा भएका आवश्यक निर्णयहरू कार्यान्वयनमा ल्याउँछौँ । तर, अनावश्यक ढंगले प्रक्रिया मिलेर कुनै निर्णय गरिएको छ भने त्यसलाई अगाडि बढाउन सकिँदैन ।
खारेज गरेर जनताको पक्षमा आवश्यक निर्णय गर्छौँ ।