आगलागीमा परि ५ घर जलेर नष्ट , २२ लाख रुपैयाँ मुल्य बराबरको क्षती
गाईघाट– उदयपुरको बेलका नगरपालिका–२ मा भएको आगलागीमा परि २ परिवारका ५ घर जलेर नष्ट भएका छन्। आगलागीबाट नगद ७ लाख सहित २२ लाख रुपैयाँ मुल्य बराबरको क्षती भएको छ।
जितन महतोको भान्सा कोठाबाट अचानक लागेको आगोले उनको ३ वटा कच्ची घर, सामान र नगद ७ लाख जलेर नष्ट भएको छ। आगोले गोठमा बाँधेका ७ वटा बाख्रा जलेर मरेका छन्।
यसैगरी, सोहि आगो फैलीएर छिमेकी चुमुक लाल चौधरीको फुसको छानो भएको २ वटा घर पूर्ण रुपमा जलेका छन्। जसबाट १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागी प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी भागलपुरले जनाएको छ।