आगलागी हुँदा तीनवटा घर जलेर नष्ट - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

आगलागी हुँदा तीनवटा घर जलेर नष्ट



राजविराज। सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् ।

स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको आगोले निजको एउटा गाईगोठ र छिमेकी रामदेव साहका एउटा घर तथा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सो आगलागीमा खाद्यान्न, लत्ताकपडा, अन्नपात, फर्निचर र अन्य सामग्री गरी करिब रु पाँच लाख मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानियवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।