माधवले सोधे: एमालेका नेताहरू अप्ठ्यारोमा पर्नुभएको त छैन ? परे म छु ल !
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेताहरुलाई ‘अप्ठ्यारोमा पर्नुभयो कि ?’ भनेर सोधेका छन् । उनले अफ्ठ्यारोमा परेको खण्डमा सहयोगको लागि आफू तयार रहेको समेत बताए ।
बुधबार सिन्धुपाल्चोकमा विभिन्न दलका नेता-कार्यकर्तालाई एकीकृत समाजवादीमा प्रवेश गराउँदै अध्यक्ष नेपाले आफूले एमालेका नेताहरुलाई आफूले ‘अप्ठ्यारोमा पर्नुभयो कि ?’ भनेर सोधेको बताएका हुन् । जति कोसिस गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीलाई आफूहरुले सुध्रार्न नसकेको एमाले नेताहरुको बताएको उनले सुनाए ।
अध्यक्ष नेपालले भने, ‘एमालेका कम्रेडहरुलाई मैले सोधे- अब हिम्मत बढ्यो कि बढेन ? अब तपाईँमा रहेका भ्रम रहेको हट्यो कि हटेन ? तपाईँमा आत्मविश्व पलायो कि पलाएन ? अहिले पनि अप्ठ्यारोमा हुनुहुन्छ कि ? भनेर सोधे । उहाँहरु भन्दै हुनुहुन्थ्यो- केपी ओली सुध्रिनेवाला छैन, हामीले धेरै कोसिस गर्यौँ केपी ओलीलाई सुध्रार्न सकेनौं भन्दै हुनुहुन्थ्यो । ओली दम्भ र अहंकारीबाट मुक्त हुनेवाला छैन ।’
अध्यक्ष नेपालले एमालेका नेताहरूलाई केहि अफ्ठ्यारो र समस्या भएको खण्डमा आफूलाई नहिच्किचाई भन्न आग्रह समेत गरेका छन् ।