दक्षिण अफ्रिकाको सानदार जित : श्रीलङ्का बाहिरिएला त ? - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

दक्षिण अफ्रिकाको सानदार जित : श्रीलङ्का बाहिरिएला त ?



एजेन्सी – दक्षिण अफ्रिकाले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकामाथि ९ विकेटको सानदार जित निकालेको छ । सेमिफाइनल होडबाट बाहिरिइ सकेको अफ्रिकाको विश्वकपमा यो दोस्रो जित हो ।

श्रीलङ्काको भने तेस्रो हार हो । यो हारसँगै श्रीलङ्का शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने सम्भावना अब अङ्कगणीतिय झिनो आसामात्रै बाँकी रहेको छ । २ सय ४ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ३७.२ ओभरमा १ विकेटको क्षतिमा पुरा गऱ्यो । अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले १ सय ३ बलमा १० चौका र १ छक्का सहित ९६ रनमा अविजित रहँदै टोलीको जित पक्का गरे ।

त्यस्तै ओपनर हासिम अमला पनि १ सय ५ बलमा ५ चौका सहित ८० रनमा अविजित रहे । दोस्रो विकेटका लागि अमला र डु प्लेसिसले १ सय ७५ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि अफ्रिकाले सहज जित हात पारेको हो ।
दक्षिण अफ्रिकाले पाँचौ ओभरको पाँचौ बलमा ओपनर क्विन्टन डी ककलाई १५ रनमा गुमाएको थियो । डी कङ्कलाई लाथिस मलिङ्गाले बोल्ड आउट गरेका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ३ रन बनायो । श्रीलङ्काले पहिलो ओभरको पहिलो बलमै कप्तान दिमुथ करुणारत्नेलाई शून्यमा गुमाएको थियो । उनलाई कागिसो रबडाले कप्तान फाफ डु प्लेसिसबाट क्याच आउट गराए । दोस्रो विकेटका लागि अविष्का फर्नान्डो र कुशल परेराले ६७ रनको साझेदारी गर्दै श्रीलङ्काको इनिङ उकासेका थिए ।

तर दशौँ ओभरको पाँचौ बलमा ड्वाइन पिटोरियसले कप्तान डु प्लेसिसबाटनै क्याच गराउँदै फ्रर्नान्डोलाई ३० रनमा आउट गरेपछि दक्षिण अफ्रिका खेलमा फर्किएको थियो । उनले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै १२ ओभरको तेस्रो बलमा प्रिटोरियसले परेरालाई ३० रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । श्रीलङ्काको विकेटपतन क्रम रोकिएन । कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

कुशलले ३४ बलमा ४ चौका प्रहार गरे । कुशल मेन्डिस २३,एन्जिलो मथ्युज ११ र धनञ्जय डी शिल्भा २४ रनमा आउट भएपछि श्रीलङ्का सङ्कटमा परेको थियो । तल्लोक्रमका तिसेरा परेराले २५ बलमा २१,इसुरु उडनाले १७ ,सुरुङ्गा लकमल ५ र लाथिस मलिंगाले ४ रनको योगदान दिए ।

दक्षिण अफ्रिका लागि ड्वाइन पिटोरियसले १० ओभरमा २ मेडन सहित २५ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै क्रिस मोरिसले ९.३ ओभरमा ४६ रन खर्चेर ३ र कागिसो रबाडाले २ विकेट हात पारे । एन्डिलो फहलुकवयो र जेपी ड्युमिनीको नाममा पनि समान १ विकेट रह्यो ।

८ खेलमा खेलमा २ मा जित र ५ मा हारका साथ आठौं स्थानमा रहेको दक्षिण अफ्रिकाले आफ्नो अन्तिम खेल जुलाई ६ मा अस्ट्रेलियासँग खेल्ने छ । त्यस्तै ७ खेलमा २ मा जित र ३ मा हारका साथ सातौँ स्थानमा रहेको श्रीलङ्काले आफ्नो आठौँ खेल वेस्ट इन्डिजसँग सोमबार खेल्ने छ ।