विश्वकप क्रिकेट : दक्षिण अफ्रीका र बंगलादेशको घमासान - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

विश्वकप क्रिकेट : दक्षिण अफ्रीका र बंगलादेशको घमासान



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) एक खेल हुँदैछ ।

लण्डनमा आइतबार हुने एक मात्र खेलमा दक्षिण अफ्रीका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

केनिङटन ओभलमा दुवै टोली जित निकाल्दै विश्वकपमा उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । पहिलो खेलमा दुवै टिम २ अंक जोड्न चाहन्छ ।

तुलनात्मक रुपमा बंगलादेश भन्दा दक्षिण अफ्रिकी टोली बलियो देखिएको छ । तर, बंगलादेशले पहिलो खेलमा दक्षिण अफ्रीकालाई कडा चुनौती दिने बताएको छ ।

पहिलो खेलमा मैदान उत्रदा बंगलादेशलाई तमिम इकबालको चोटले सताउने छ । इकबाल पहिलो खेल खेल्ने नखेल्ने अझै दोधार रहेको छ ।

यता, दक्षिण अफ्रीकाक डेल स्टेनले पहिलो खेल गुमाउने छन् ।

विश्वकपमा यसअघि आयोजक इंग्ल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड र वेष्ट इण्डिजले विजयी सुरुवात गरिसकेका छन् ।