आफ्नी प्रेमिकालाई मारी मुटु झिकेर पकाएर रक्सी सँग खाए यी युवकले - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

आफ्नी प्रेमिकालाई मारी मुटु झिकेर पकाएर रक्सी सँग खाए यी युवकले



काठमाडौं — रुसका एक नरभक्षी व्यक्तिलाई १२ वर्षको कारावास सजाय सुनाइएको छ । उनले आफ्नी प्रेमिकालाई मारेर उनको मुटु झिकेर पकाए अनि रक्सीसँगै त्यो मुटु खाइदिए ।

अलेक्से यास्त्रेबोभ नामक ती व्यक्तिलाई आफ्नी प्रेमिका एकातेरिना निकिफोरोभालाई झगडापछि कैंचीले १२९ पटक हिर्काएर मारेको आरोप छ ।

उनले प्रेमिकाको घाँटी चक्कुले काटेका थिए ।

त्यसपछि उनले प्रेमिकाको मुटु र देब्रे फोक्सो निकालेका थिए र तिनलाई स्टोभ बालेर पानीमा उमालेका थिए । यो घटना क्रास्नोयार्स्कस्थित आफ्नै घरमा गरेको अदालतको सुनुवाइमा खुलेको छ ।

उनले यो वीभत्स हत्याका बारेमा आफ्नो साथीलाई अनौठो मुस्कानसहित सुनाएका थिए, ‘मैले तिमीलाई भनेको थिएँ नि, म उसको मुटु खाइदिन्छु । मैले खाइदिएँ ।’

निकै तर्सिएका साथीले भने, ‘उसनजिक एउटा बोतल थियो । उनले मुटु खाँदा सँगै वाइन पनि पिएको बताए ।’

यी दुष्ट हत्यारालाई हत्कडी लगाएर अदालतमा उपस्थित गराइएको थियो ।

उनले पीडित महिलाकी आमा ल्युबोभ टिमोशेन्कोसँग माफी मागेका थिए ।

ती महिलाका दुई छोरी पनि छन् ।

द डेली मेलबाट