आफ्नै पत्नीसँग यौनसम्पर्क गर्दा छ महिना जेल सजाय - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

आफ्नै पत्नीसँग यौनसम्पर्क गर्दा छ महिना जेल सजाय



भोजपुर । भोजपुर जिल्लामा जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ ।

अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ ।

तामाङले गत असोज २४ गते आफ्नो इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।