विश्वकप -अफगानिस्तान तनावमा : लाग्यो ठूलो झड्का - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

विश्वकप -अफगानिस्तान तनावमा : लाग्यो ठूलो झड्का



एजेन्सी – पहिलो पटक सेमिफाईनल पुग्ने लक्ष्य राखेको अफगानिस्तानलाई इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा ठूलो झड्का लागेको छ ।

अफगानिस्तानका विश्फोटक ओपनर तथा विकेटकीपर मोहम्मद शहजाद घाईते हुँदै टोलीबाट बाहिरिएका छन् । शहजादको खुट्का जर्नीमा समस्या आएपछि विश्वकप गुमाउने भएका हुन् । उनको स्थान १८ वर्षिय बाँया हाते युवा खेलाडी इकराम अलिखीलले लिएका छन् ।

इक्रमले गत मार्चमात्रै आयरल्यान्डसँग वान डे मा डेब्यू गरेका थिए । उनले २ खेलमा ६ रन बटुलेका छन् । शहजाद अफगानिस्तानका प्रमुख ब्याट्सम्यान मानिन्छन् । उनि विश्वकपबाट बाहिरिनु अफगानिस्तानको लागि ठूलो घातक सावित हुन सक्छ ।

अफगानिस्तानले सुरुवाती दुबै खेल हारेको छ । अष्ट्रेलियासँग ७ विकेट र श्रीलंकासँग ३४ रनले हारेको थियो । तेस्रो खेलमा अफगानिस्तानले न्युजिल्यान्डसँग शनिवार खेल्ने छ ।