अफगानिस्तानमा बाढीको बितण्डा : ४२ हजार विस्थापित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अफगानिस्तानमा बाढीको बितण्डा : ४२ हजार विस्थापित



काबुल । अफगानिस्तानमा एक महिनाभित्र आएको बाढीको कारण ४२ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय (ओचा) ले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानको छ ओटा प्रान्त फर्याब, बाल्ख, जावजान, उत्तरी प्रान्त हेरात र बादघिसको पश्चिमी क्षेत्रमा गत मार्च २७, २८ र २९ मा परेको भारी वर्षापछि बाढी आएको थियो ।

जारी रहको यस बाढीको कारण बाल्ख र हेरात प्रान्तमा मात्र करिब १७ हजार व्यक्ति प्रभावित भएका सरकारी कार्यलयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उत्तरी क्षेत्रमा यस वर्षको सबैभन्दा ठूलो बाढी आएको अफगान सरकारको विपत व्यवस्थापन निकायले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । गएका केही हप्तामा मात्र करिब एक लाख ६३ हजार नागरिक बाढीबाट प्रभावित भएका छन् ।

यस वर्षको शुरुदेखि हालसम्म करिब ४२ हजार व्यक्ति विस्थापित भएको पनि जारी विज्ञप्तिमा जनाइएको छ । पछिल्लो बाढीको कारण करिब ८० व्यक्तिको मृत्यु हुनुको साथै २ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् । एजेन्सी