अष्ट्रेलिया विरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

अष्ट्रेलिया विरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान



एजेन्सी– १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा अहिले अष्ट्रेलिया र अफगानिस्तानबीच खेल भइरहेको छ।

अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। पहिले ब्याटिङ गरेको अफगानिस्तानले सामान्य सुरुवात गरेको छ। नाै ओभरको खेल सकिँदा उसले दुई विकेट गुमाएर ३३ रन मात्रै जोडेको छ।

कागजी रुपमा हेर्ने हो भने अफगानिस्तान अष्ट्रेलियाको लागि ठूलो प्रतिस्पर्धी होइन। तर छोटो समयमा क्रिकेटमा उदाएको नयाँ राष्ट्र अफगानिस्तानले विश्वकपमा स्थान बनाएको मात्रै छैन, आईसीसीबाट टेष्ट राष्ट्रकाे मान्यता समेत पाइसकेको छ।

अफगानिस्तानमा रासिद खान, मोहम्बद नाबी जस्ता विश्वस्तरीय खेलाडी समेत रहेका छन्। जसलाई अष्ट्रेलियाले पक्कै पनि कम आँक्ने छैन। अष्ट्रेलिया भने पाँच पटकको विश्वकप विजेता हाे।