आफैले चलाएको रिक्साले किचेर मृत्यु - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

आफैले चलाएको रिक्साले किचेर मृत्यु



कपिलवस्तु । शिवराज नगरपालिका –२ हल्लानगरमा गएराती रिक्सा चालक ओमबहादुर नेपालीको मृत्यु भएकाे छ ।

राती पेट दुख्न थालेपछि झारफुक गराउन हल्लानगर पुगेका नेपालीलाई आफैले चलाएको रिक्साले किचेर मृत्यु भएकाे वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

अर्घाखाँची ढकावाङ घर भएको ३३ वर्षीय नेपाली केही महिना देखी चन्द्रौटामा लु १ ह ६५४ नम्बरका रिक्सा चलाउदै आएका थिए ।