पदाधिकारीी चयनमा निष्कर्षमा पुग्न नसक्दा देउराली यातायातकाे चुनावी प्रक्रिया स्थगित - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

पदाधिकारीी चयनमा निष्कर्षमा पुग्न नसक्दा देउराली यातायातकाे चुनावी प्रक्रिया स्थगित



नया कार्य समितिकाे चयनका लागि मुख्य चार पद चार मुख्य पार्टिले लिनेगरि सहमति गरिएकाे भएपनि पदाधिकारिमा कसलाई चयन गर्ने भन्ने विषयमा व्यवसायिहरु निष्कर्षमा पुग्न नसक्दा देउराली यातायात व्यवसायी समितिकाे चुनावी प्रक्रिया अनिश्चतकालकाे लागि स्थगित भएकाे छ ।
दिनभर सहमतिकाे प्रयास गरिएकाे भएपनि अाफुहरुकाे तर्फवाट प्यानल सहितकाे प्रस्ताव अगाडि सारिसकेकाे र थपिएका पदाधिकारिहरुमा काँग्रेस निकटका व्यवसायिहरु सहमत नभएका कारण समस्या भएकाे बाम गठवन्धनका एक सदस्यले नया एफ एम लाइ जानकारि दिए ।
दिनभरकाे प्रयास असफल भएपछि चुनावि प्रक्रिया फेरि अर्काेपटक गर्नेगरि निवर्तमान समितिलाई नै कामचलाउ समितिकाे जिम्मेवारी दिईएकाे निर्वाचन समितिले जानकारी दिएकाे छ ।
निर्वाचन समितिका अनुसार सर्वपक्षिय समिति वनाउने सवैकाे चाहना भएकाे भएपनि सहमति नजुट्ने देखिएपछि सम्पूर्ण प्रक्रिया स्थगित गरिएको हाे । यद्यपि अवरुद्ध प्रक्रिया कहिले शुरु हुन्छ भन्नेमा तत्काल केही भन्न नसकिने निर्वाचन समितिले जनाएकाे छ ।