अधिनायकवादी मेयरलाई बडाध्यक्षको ध्यानाकर्षणपत्र
बिशाल पाण्डेय
सुखड ,कैलाली । कैलालीको घोडाघोडि नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीलाई एक वडा अध्यक्षले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मेयरले अधिनायकवाद शैलीमा प्रेरित भइ वडाका सम्पूर्ण हक अधिकार हस्तक्षेप गरी वडाका प्रतिनिधिका अधिकार कुन्ठित गर्न खोजेको भन्दै घोडाघोडी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष धनबहादुर बमले ध्यानाकर्षण-पत्र बुझाएका हुन्।
अध्यक्ष बमले, ‘आजका मितिबाट घोडाघोडी नगरपालिका वडा नम्बर ७ का विविध विकास तथा समस्या जस्तै बाटो निर्माण ,कल्भर्ट निर्माण ,नदिनाला बाट गाउँ बस्ती बचाउने कुरा,शिक्षा ,स्वास्थ तथा नदिनाला नियन्त्रण र झैझगडाका विषयमा पनि मेयर साबले नै जिम्मा लिनुहोला भन्दै ध्यानाकर्षण पत्र बुझाएका छ्न ।
साथै ध्यानाकर्षण पत्रमा लेखिएको छ जनताबाट निर्वाचित भएकोले जनताको मतको सम्मान गर्दै वडाबाट पाउने सेवासुबिधामा प्रतिबद्ध भई सेवा पुर्याउने प्रतिबद्धता सहित यो ध्यानाकर्षण पत्र बुझाउँदछु । संविधानले तीन तहको सरकार निर्धारण गरी केन्द्रीकरणलाई विकेन्द्रीकरण गरिसकेको अवस्थामा नगरपालिकामा मेयरको मनोमानी हुन थालेको भन्दै ध्यानाकर्षण-पत्र बुझाएको अध्यक्ष बमले बताए ।