एडीलेडमा तेस्रो एक्स्पर्ट सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट हुँदै - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

एडीलेडमा तेस्रो एक्स्पर्ट सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट हुँदै



एडीलेड/माघ १९ 

एडीलेड नेप्लिज क्रिकेट एशोसियनको आयोजनामा एडीलेडमा तेस्रो एक्स्पर्ट सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट हुने भएको छ । यही फेबुररी १२ तारिकका दिन भिक्टोरिया पार्कको ओभल १ र २ मा उक्त खेल हुने भएको हो । बिहान ९ बजे बजे देखि हुने उक्त खेल ५ ओभरको हुने छ , जसमा हरेक टिममा ६ जना खेलाडीले खेल्न पाउने क्रिकेट एशोसियनका कार्यसमिति सदस्य राकेश जैसवालले बताए ।

जैसवालका अनुसार कार्यक्रममा प्रतियोगी टिमले १५० डलर शुल्क तिर्नु पर्ने छ भने दर्शकहरूले नि:शुल्क अवलोकन गर्न पाउने छन् । नेपाली समुदायका ८ टिमले रजिस्ट्रेशन गरी सकेकोले यस वर्ष आफू अरू अझै उत्साहित भएको जैसवाल बताउछन । उनले कार्यक्रमको उद्देश्य बारे थप्दै भने ” हामीले वार्षिक रूपमा गर्ने यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभावान खेलाडीहरुलाई बाहिर लिएर आउन सकिने छ र यसले अवसर दिने छ ,” खेल बाट पनि हामीले नेपाली समुदायलाई अस्ट्रेलियामा परिचित गराउन सक्छौ त्यही अनुरूप हामीले वार्षिक रूपमा विभन्न कार्यक्रमहरू गर्दै आएका छौ “।

साउथ अस्ट्रेलियन क्रिकेट एशोसियनसंग सहकार्य गर्दै नेपाली समुदाय भित्र रहेका क्रिकेट खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गर्न मञ्च प्रदान गर्दै आएको क्लबले छोटो समयमा राम्रो सफलता प्राप्त गर्न सफल भएको छ।