विज्ञापनमा सरकारको लगाम - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

विज्ञापनमा सरकारको लगाम



काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार माध्यामहरुलाई सचेत गराएका छन् । मन्त्री बास्कोटाले प्रमाणित नै नभएको मेडिसिनको समेत विज्ञान प्रसारण भइरहेको उल्लेख गर्दै त्यसो नगर्न सञ्चारमाध्यामहरुलाई सचेत गराएका हुन्  ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रता मात्र नभई त्यसलाई मर्यादित र जवाफदेही बनाउने गरी कानुन बनाउन प्रतिबद्ध रहेको पनि बताए । मन्त्री बास्कोटाले सञ्चारसम्बन्धि कानुनलाई अभ्यासको आधारमा सुधार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे । मन्त्री बास्कोटाले प्रेसको सम्पादकीय स्वतन्त्रता हनन् हुन नदिन पनि सरकार सचेत रहेको बताए ।