सर्वोच्चले सरकारलाई भन्यो वलीलाई पक्राउ किन गरियो ?
काठमाडौं । सर्वोच्च अदालतले हेमन्त प्रकाश वलीलाई पक्राउ गर्नुको कारण सोध्दै तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश गरेकोे छ ।
ओली नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका नेता हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एकल इजलासले पक्राउ गर्नुको कारणसहित बन्दीलाई उपस्थित गराउन बिहीबार आदेश गरेको हो ।
हेमन्तप्रकाशका तर्फबाट विपना वलीले गृह मन्त्रालय, गृहमन्त्री, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाई चैत बुधबार बन्दीप्रत्यक्षकरणको रिट निवेदन सर्वोच्चमा दर्ता गरेकी थिइन् । सर्वोच्चले वली पक्राउ गर्नुको कारण गृहमन्त्रलायसँग मागेको छ । समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।