क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेस ? - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेस ?



काठमाडौं – नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटाएको हो ।

पार्टीमा अहिले ४ लाख ७० हजार क्रियाशील सदस्य छन् ।

१३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता विवाद थियो ।

विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता पेन्डिङमा छन् ।

यही विवादले कतिपय जिल्लामा अधिवेशन हुन सकेन ।