आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा



काठमाडौं- गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ।

नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामेदेवका मुख्य सहयोगी हुन्।

कृष्ण जन्माष्टमीका दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी भएका आचार्य बालकृष्णको स्वास्थ्यमा सुधार देखिएको छ।

पेडा खाएपछि बेहोस भएका आचार्यलाई तत्काल पतञ्जलि स्वामित्वामा रहेको अस्पतालबाट अर्कै अस्पतालमा सरुवा गरिएको थियो। यो खबर आजको नेपाल समाचारपत्रमा ईश्वराज ढकालले लेखेका छन्।

आचार्यलाई पेडामा विष मिसाएर खान दिएको आशंका गरिएको छ।

नेपाल आएका आचार्य बालकृष्णको फुड प्वाइजन भएको वा होइन भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने देखिएको छ।