अनुसन्धानको अचम्मको दाबी: धुमपान गर्नेलाई कोरोनाको खतरा कम - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

अनुसन्धानको अचम्मको दाबी: धुमपान गर्नेलाई कोरोनाको खतरा कम



एजेन्सी- कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको बेला एउटा अनुसन्धानबाट चकित पर्ने खालको दाबी गरिएको छ । यस्तो अनुसन्धान भारतको सर्वोच्च अनुसन्धान संस्थाले गरेको हो ।

काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डिस्ट्रियल रिचर्स (सीएसआईआर) ले गरेको दाबी अनुसार कोरोना फैलने खतरा न कोरोना संक्रमण हुने समूह हामीले बिझेभंदा फरक छ । सीएसआईआरको दावी अनुसार धुमपान गर्नेहरु र शाकाहारी मानिसमा कोरोनाको संक्रमण हुने सम्भावना निकै कम हुन्छ ।

भारतभर गरिएको सर्वेपछि संसारभर चर्चा बिषय बनेको छ । यसअघिका अनुसन्धानहरूले धुम्रपान गर्नेहरूका लागि कोरोना एकदमै खतरा रहेको दाबी गरेका थिए । यस्तै ओ रक्तसमूह भएका व्यक्तिलाई कोरोना लाग्ने सम्भावना अत्यन्त कम रहेको समेत पनि सर्वेले बताएको छ ।

तर बी र एबी रक्तसमूह भएका मानिसमा संक्रमणको खतरा एकदमै बढी हुने सर्वेले जनाएको छ । सीएसआईआरले देशभरका १० हजार ४२७ मानिसको लिएको नमूनाबाट सीएसआईआरले यसको निस्कर्ष निकालेको हो ।

विभिन्न स्थानमा भएका ४० वटा प्रयोगशालामा गरिएको परीक्षणबाट यस्तो निष्कर्ष निकालिएको सीएसआईआरले जनाएको छ । १० हजार ४२७ मध्ये १ हजार ५८ अर्थात् करिब १०.१४ प्रतिशत मानिसमा कोरोनाविरुद्धको एन्टीबडी पाइएको छ ।

आइजीआईबीका सिनियर वैज्ञानिक शान्तनु सेन गुप्ताका अनुसार तीन महिनापछि जब फलोअप गरियो तब पत्ता लाग्यो कि ३४६ जनामा कोरोनाविरुद्धको एन्टीबडी स्थिर रहेको छ ।

तर कोरोनालाई नष्ट गर्ने प्लाज्मा गतिविधि कम हुँदै गएको छ । ६ महिनापछि जब यसको नमूना परीक्षण गर्न थालियो तब पत्ता लाग्यो कि ३५ जनामा एन्टीबडीको स्तर कम हुँदै गएको छ । तर प्लाज्मा गतिविधिको सक्रियता भने उच्च रहेको पाइएको छ ।

शान्तनुका अनुसार धुमपान गर्नेहरुमा कोरोना संक्रमणको खतरा कम रहने गरेको छ । यो भने हाँस्यास्पद पनि लाग्छ । किनकि कोरोना फोक्सोलाई सबैभन्दा बढी क्षति पुर्याउँछ । धुमपानको असर पनि फोक्सोमै हुन्छ । तर धुमपानले कसरी फोक्सोलाई कोरोनाबाट बचाउँछ ? यो निकै गहन अध्ययनको विषय बनेको छ ।

यो भारतमा मात्र नभई अमेरिका, इटाली, फ्रान्स र चीनमा भएको अध्ययनबाट पनि स्पष्ट भएको छ । ती देशहरुले पनि धुमपान गर्नेहरुमा कोरोनाको संक्रमण कम भएको पाइएको निष्कर्ष निकालेका छन् ।

सीएसआईआरले सार्वजनिक यातायातमा सवार, सेक्युरिटीमा काम गर्नेहरु, घरको काम गर्ने मेड, धुमपान नगर्नेहरु, मांशाहारीहरुलाई कोरोना हुने सम्भावना अत्यन्त बढी उने जनाएको छ ।

गत वर्षको जुलाईमा भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले भने धुमपान गर्नेहरुलाई कोरोनाको संक्रमण निकै छिटो हुने दावी गरेको थियो । तमाखु पनि नखान सचेत गराइएको थियो ।