आयो एक साथ १० जना वस्न सक्ने बाइक ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आयो एक साथ १० जना वस्न सक्ने बाइक !



एजेन्सी । सुन्दा अलि अचम्म लाग्ने । तर, यो कुरा यथार्थ हो । कुरा केहाे त जान्नुहोस्- एकसाथ १० जना वस्न सक्ने बाइक पनि प्रचलनमा आएको छ ।

वस्न मात्र होइन, यसमा १० जना आरामले वसेर कुदाउन पनि सकिन्छ । दुर्इ एवं एक सिटयुक्त बाइक देखिरहेका तपाई हामीलाई उक्त १० सिट क्षमताको बाइक नौलो लाग्न सक्छ ।

तर, आम कल्पना वाहिरको यो कुरालाई सम्भव वनाए, स्टिभ हापिन्सले । हो, स्टिभले विश्वको सवैभन्दा पुरानो मोटरसाइल ब्रान्ड हार्ले डेभिडसन बाइकलाई आश्चर्यजनक रुप दिएका छन् ।

स्टिभले यस बाइकमा एक या दुइ होइन, १० सिटको प्रयोग गरेका छन् । यी १० सिटमा मानिसहरु सजिलै वसेर यात्राको मज्जा लिन सक्छन् ।

यो हेर्नमा पनि आकर्षक छ । यसको उत्कृष्ट इन्जिन क्षमताले पनि सवैको मन लोभ्याउन सक्छ । १० सिट भएको कारण यो बाइक तुलनात्मक रुपमा निकै लामो छ ।

एक जानकारी अनुसार स्टिभले आफ्नो यो असाधरण बाइकलाई जर्मनीमा सम्पन्न एसेन मोटर शोमा सवैको सामु प्रस्तुत गरेका थिए । खासगरी यो बाइक हार्ले डेभिडसनको ऐतिहासिक सफलता प्रदर्शन गर्नका लागि वनाइएको हो ।

यो बाइक लामो भएपनि सहज रुपमा सञ्चालन होस् भन्ने हेतुले यसमा कुल ७ इन्जिन प्रयोग गरिएको छ । यसमा प्रयोग भएका सवै ७ इन्जिन चलाउन सकिन्छ । तर, लामो दुरीको यात्राका लागि यो सम्भव छैन ।

यदि लामो यात्रामा यी ७ इन्जिन चलायो भने त्यो तातिने खतरा रहन्छ । हार्ले डेभिडसनको यो बाइकमा दमदार टायर र फ्रन्ट डिस्क ब्रेक प्रयोग गरिएको छ, जसले बाइकलाई उत्कृष्ट र सन्तुलित गति प्रदान गर्छ । यो बाइकको निर्माण पछि स्टिभ एकदमै उत्साहित छन् ।