माओवादीबाट उम्मेदवार सिफारिस, कांग्रेसबाट टिकट - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

माओवादीबाट उम्मेदवार सिफारिस, कांग्रेसबाट टिकट



 

तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस भएका प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेलाई नेपाली कांग्रेसले टिकट दिएको छ ।

पाँच वर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत भएका सम्बाहाम्फे मंगलबार साँझ पुनः कांग्रेसमै फर्किए । सम्बाहाम्फेलाई नेपाली कांग्रेसले तेह्रथुमबाट प्रदेश सभा सदस्य निर्वाचनमा ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेद्वार बनाएको छ । उहाँलाई कांग्रेसले प्रदेश सभा ‘ख’  निर्वाचन क्षेत्रमा सर्वसम्मत उम्मेदवार बनाइएको जिल्ला सभापति गोविन्द ढुंगानाले बताए ।

बाम–गठबन्धनबाट असन्तुष्ट भएर कांग्रेसमा ‘कम–ब्याक’ भएका सम्बाहाम्फेलाई मंगलबार बालुवाटारमा एक कार्यक्रमका बीच कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए । सम्बाहाम्फे हाल निजी तथा व्यावसायिक विद्यालय अर्गनाइजेसन ९प्याब्सन०को केन्द्रीय अध्यक्ष समेत छन् । उनी प्रदेश सभा सदस्यको टिकट लिएर बुधबारै तेह्रथुम आउँदैछन् ।

तेह्रथुमको फेदाप गाउँपालिका–३, जलजले स्थायी घर भएका सम्बाहाम्फे गृहजिल्लामा माओवादी केन्द्रका प्रभावशाली नेता मानिन्छन् । कांग्रेसमा रहँदा संविधानसभा–१ निर्वाचनमा पार्टीलाई जिताउन महत्वपुर्ण भूमिका खेल्नुभएका सम्बाहाम्फे पार्टी जिल्ला कार्यसमितिको तत्कालिन कोषाध्यक्ष छन् । उनी ०६४ मा भएको संविधान सभा–२ को निर्वाचनको मुखैमा नेकपा माओवादीमा प्रवेश गरेका थिए ।

परिवर्तनको वाहकको रुपमा आफुले लिएको माओवादी पार्टी वाम–गठबन्धन भन्दै नेकपा एमालेसँग घोडा टेक्न गएर धोका दिएको सम्बाहाम्फेले बताए । कांग्रेस कम–ब्याकपछि सम्बाहाम्फेले अब यो देशको विकास र समृद्धि लोकतान्त्रिक शक्तिहरुबाट मात्रै सम्भव रहेको प्रतिक्रिया दिए । सम्बाहाम्फे पुनः कांग्रेसमै फर्किएपछि कांग्रेस कायकर्ता उत्साहित बनेका छन्।