अचम्म ! मतदान अधिकृत नै भोट माग्न थालेपछि…
भदौ ३१, काठमाडौं-
सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित ब्रम्हान गोरछारी मतदानस्थलका एकजना मतदान अधिकृत राजनीतिक पार्टीको भोट मागिरहेको पाइएको छ ।
जनता ब्रम्हान गोरछारी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) का मतदान अधिकृत विनोद चौधरी मतदानस्थलमै कांग्रेसको मत मागिरहेको अवस्थामा भेटिएका हुन् ।
शुक्रबार बिहान मतदाता परिचयपत्र लिन मतदानस्थल पुुगेका लहान नगरपालिका २० निवासी मनोजकुमार महतोलाई उनले कांग्रेसको चुनाव चिन्ह रुख छापमा भोट दिन दबाब दिएका थिए ।
उनले आफूू मतदाता परिचयपत्र लिन आएको बताएपछि सर्वदलीय बैठक नबसी मतदाता परिचयपत्र बाड्न नमिल्ने बताएका थिए । महतोले मतदाता परिचय पत्रि पाउनु आफ्नो अधिकार भएको बताएपछि उनले साँझ पाँच बजेभन्दा पहिले परिचयपत्र नदिने भन्दै हप्काएका थिए ।
मतदान अधिकृतसँगै सोही ठाउँमा खटिएका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक लोकबहादुर दियालीले पनि मतदातालाई नै हप्काएका थिए । पछि मतदान अधिकृत चौधरीले कांग्रेसलाई मतदान गर्न दबाब दिएको महतोले जानकारी दिए ।
नयाँ पत्रिकामा खबर छ