कैलालीको टीकापुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

कैलालीको टीकापुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु



कैलाली ।कैलालीको टीकापुर नगरपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। गएराति टीकापुर नगरपालिका वडा नं. ७ खैरीपुरमा मोटरसाइकल र डन्लप ठोक्किँदा दुईजनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार खैरीपुरमा भएको दुर्घटनामा टीकापुर नगरपालिका वडा नं. ७ बैदीका ३७ वर्षीय जिवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमालको मृत्यु भएको छ। दुर्घटनामा १८ वर्षीय पवन पाण्डे घाइते भएका छन्। उनको कोहलपुरमा उपचार भइरहेको छ। यता टीकापुर नगरपालिका वडा नं. २ बन्दीपुरमा रोकेर राखेको ट्याक्टरको ट्रलीमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा टीकापुर नगरपालिका वडा नं. ४ का २४ वर्षीय आशिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो। दुर्घटनमा २३ वर्षीय महेन्द्र चौधरी घाइते भएका छन्।