बस दुर्घटनामा २० जनाको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बस दुर्घटनामा २० जनाको मृत्यु



काठमाडौं । भारत उत्तराखण्डको गढवालमा भौनबाट रामनगरतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ ।

दुर्घटनामा २० जनाको मृत्यु साथै १२ जना घाइते भएका छन् । यात्रुहरुले खचाखच भरिएको बस पौडी गढवालको नेनीडाँडा क्षेत्रमा आइतबार बिहान ८ बजेतिर दुर्घटना भएको हो ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले उक्त घटनाप्रति आफू दुःखी भएको कुरा व्यक्त गरेका छन् ।

हेलिकोप्टरमार्फत उद्धार कार्य भईरहेको जानकारी स्रोतले दिएको छ । उद्धारकर्मीहरुले जानकारी दिए अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।