बस र माइक्रोबस आपसमा ठोक्किँदा तनहुँमा दुई जनाको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बस र माइक्रोबस आपसमा ठोक्किँदा तनहुँमा दुई जनाको मृत्यु



तनहुँ। बस र माइक्रोबस आपसमा ठोक्किँदा तनहुँमा दुई जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत दमौलीबाट पोखरा जाँदै गरेको बा३ख ४४४२ नम्बरको माइक्रोबस र पोखराबाट भैरहवा आउँदै गरेको ४१९४ नम्वरको बस तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका– ११ मुलपानी बस्ने सरस्वती कुँवर रहेकी छन् भने अर्की एक महिलाको पहिचान नखुलेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा लगिएको छ ।