कोशी नजिकै जीप दुर्घटना, ६ जनाको मृत्यु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कोशी नजिकै जीप दुर्घटना, ६ जनाको मृत्यु



इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा भारतीय जीप दुर्घटनामा ६ जनाको मृत्यु तथा ४ जना घाइते भएकाछन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका – ४ कटानमा गए राति सवारी दुर्घटनामा भएको हो । मृत्यु हुनेमा सबै भारतीय रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बि आर ०६ पी बी ६४१८ न को बोलेरो अनियन्त्रित भई दुर्घटनामा परेको थियो । धरानबाट घुमफिर गरी घर फर्कने क्रममा उनीहरु सवार गाडी कोशी कटानमा रहेको सिपेज पानीमा बोलेरो खस्दा तीन जनाको घटनास्थलमै तथा अन्य तीनको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहार मधुवनीका सञ्जीवकुमार पौदार, सुपौलका पाँच वर्र्षीय गोनुकुमार राय, कञ्चनकुमारी राय, सुरेन्द्रकुमार सुमन, धीरेन्द्र कुमार राय र ललियादेवी राय छन् । दुर्घटनामा १० वर्षीय आदिमकुमार रायसहित निलुदेवी पौदार र ललनकुमार राय घाइते भएकामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।