दुघर्टनामा एकको मृत्यु - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

दुघर्टनामा एकको मृत्यु



काठमाडौँ । काठमाडौंमा सोमबार मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

बा७१प ७८४३ नंको मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्र मैनालीले जानकारी दिएका छन् ।

नियन्त्रण गुमाएर पल्टिँदा तामाङ गम्भीर घाइते भएका थिए । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएकोे हो ।