यस्ता छन् एसीका बेफाईदा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यस्ता छन् एसीका बेफाईदा



गर्मी याममा कतिपय घरमा एयरकन्डिसनर चल्ने गर्छन् । गर्मीमा राहत दिलाउने राम्रो विकल्प भएपनि एसीले मान्छेको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । विभिन्न स्वास्थ्य सम्बन्धि समस्या निम्त्याइरहेको हुन्छ ।

– आँखा सुख्खा हुने समस्या भएकाहरुलाई एसीले झन दुःख दिन्छ । आँखा झन सुख्खा हुनुका साथै चिलाउने, पोल्ने हुन थाल्छ, यस्ता मानिस एसीमा लामो समय रहनुहुँदैन ।

– लामो समय एसीमा बस्नेहरुमा छाला सुख्खा हुने र चिलाउने समस्या देखिन्छ । यसो हुँदा आत्तिनु पर्दैन । एसीबाट टाढिदा सामान्य भइहाल्छ ।

– एसीमा बस्दा कोही कोहीलाई टाउको दुख्ने समस्या हुन्छ । लामो समय एसीमा रहँदा शरीरमा पानीको कमी हुनसक्छ । डिहाइड्रेशन टाउको दुख्नुको मुख्य कारण हो ।

– एसीमा बसिरहँदा कतिपयलाई श्वासप्रशवासमा समस्या देखिनसक्छ ।

यो जानकारी आजको सम्पूर्ण साप्ताहिकबाट ।