अविवाहित युवतीले शौचालयमै बच्चा जन्माइन !
फिक्कल । इलाम अस्पताल सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित बालिका सुनुवारले गएराति बच्चीलाई जन्म दिएकी छिन् ।
राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएकोे छ ।
शिशुको बाबु बेपत्ता भएकाले उसको नाम प्रहरीले नखुलाएको बताइएको छ